बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको भारत भ्रमणः वाइसियलद्वारा तीन बुँदे ध्यानाकर्षण

बिहीबार, ०६ फागुन २०७२, १६ : ४९
बिहीबार, ०६ फागुन २०७२
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि साताव्यापी भारत भ्रमण लागेको सन्दर्भमा एमाओवादीको युवा दस्ता वाइसियल नेपालले नेपाल भारतबीचको सम्बन्ध समान र सम्मानपूर्ण हुनुपर्नेमा जोड दिएको छ । उसले आज एक विज्ञप्ती जारी गर्दै सन् १९५० लगायतका असमान सन्धी सम्झौताहरु खारेजी सँगै दुई पक्षिय हितलाई बढवा दिने नयाँ अधारमा सन्धी–सम्झौताहरु गर्न पहल गरि कुनै पनि राष्ट्रिय सरोकार राख्ने गलत सम्झौता नगर्न, सिमा अतिक्रमण अविलम्ब रोकि ऐतिहासिक प्रमाण र विज्ञहरुको टिमले अविलम्ब टुंग्याउने पहल गर्न र विगतमा भारत द्धारा भएको नाकाबन्दीको आलोचना सहित व्यापार घाटा कम गर्ने र भारततर्फको व्यापारिक परनिर्भरता घटाउने गरि गंम्भिर छलफल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप