बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विराट गोल्डकप फुटबल टुर्नामेन्ट–२०७२ सुरु, उद्घाटन खेलमा झापा–११ विजयी

बिहीबार, ०६ फागुन २०७२, १९ : ४२
बिहीबार, ०६ फागुन २०७२

विराट गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा–११ले विजय सुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा झापाले फुटबल एसोसिएशन अफ उडिसा क्लवलाई २–१ को गोल अन्तरले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको १० मिनेटमा उडिसाका सशीकान्त सान्डिल लेगोल गरी टिमलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन । उडिसाले पहिलो हाप आक्रामक र उत्कृष्ट खेलेपनि थप गोल गर्न भने सकेन । १–० ले पछि परेको रमपम झापाले मध्यान्तरपछि आक्रमक खेलेको थियो । झापाले ६१ औं मिनेटमा गणेश खड्काको पासलाई सदुपयोग गर्दै झापाका कप्तान नरेन्द्रमणि लिम्बूले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । त्यसको १२ मिनेटपछि झापाका गणेश खड्काको सटिक पासलाई सदुपयोग गर्दै कर्ण लिम्बूले गोल गर्दै झापाको जित शुनिश्चित गरेका थिए । मध्यान्तर अगाडी उडिसाले झापालाई दवावमा राखेपनि मध्यान्तरपछि झापाले आक्रामक खेल प्रस्तुत गरेको थियो । मध्यान्तर पछि झापाले आधा दर्जन गोल गर्ने अवसर बुने पनि उडिसाका गोल रक्षकले विफल बनाएका थिए । जितपछि झापाका प्रशिक्षक भगिरथ आले मामाले उडिसा नयाँ टिम रहेकाले टेक्निकल पक्ष थाहा नभएपछि पहिलो हाफ दबाबमा परेको बताए । मध्यान्तर पश्चात रणनीति बुनेर खेलेका कारण जित सफल भएको बताए । त्यस्तै उडिसाका प्रशिक्षक निपेन दासले पहिलो पटक नेपाल आएर खेलेको र मैदानको अनुभव नहुदा समस्या परेको बताए । उनले खेल बराबरी खेले पनि गोल गर्न नसक्दा पराजित भएको बताए ।

[caption id="attachment_32558" align="alignleft" width="840"] OLYMPUS DIGITAL CAMERA[/caption]

साग जित्नेका लागि प्रोत्साहन रकम हालै १२ औं साग गेम अन्तरगत फुटबल फाइनलमा भारतलाई पराजित गरी २३ वर्ष पछि स्वर्ण पदक जित्ने फुटवल टिमलाई प्रोत्साहन स्वरुप आयोजकलगायत विभिन्न दाताहरुबाट संकलन गरी चार लाख भन्दाबढि रकम संकलन गरी सकेको बताइएको छ । यसअघि प्रहरी महानिरीक्षक प्रमुख उपेन्द्रकान्त अर्यालले रेफरी नविन्द्र मर्हजनलाई फुटवल दिई खेलको उद्घाटन गरेका थिए । फागुन १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको भारतका तिन बंगलादेशको एक र नेपालका ६ वटा टिमहरुको सहभागिता छ । प्रतियोगिताको बिजेताले पाँच लाख एक हजार नगद र ट्रफि र उपविजेताले तीन लाख एक हजर नगद र ट्रफि हात पार्ने छन् । त्यसैगरी पहिलो चरणबाट बाहिरिने टिमले तीस हजार र दोस्रो चरणबाट बाहिरिने टोलीले प्रोत्साहन स्वरुप एक लाख प्राप्त गर्ने अध्यक्ष राजेन्द्र राउतले बताए । प्रतियोगिता अन्तर्गत भोली (शुक्रबार) मोरङ फुटबल क्लब र रुपन्देही ११ बीच दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप