पार्टीलाई मेरो नेतृत्वको आवश्यकता छ : नेता देउवा
काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकका समस्या समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आफ्नो नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा निर्णय क्षमता रहेकाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए ।
मुलुकलाई समावेशी चरित्रको बनाउन आफू नेतृत्वको सरकारले नै सबै जातजाति, महिला र पिछडिएका क्षेत्रको लागि आयोग बनाएको चर्चा गर्दै नेता देउवाले संविधानको कार्यान्वयनका लागि पनि मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसमा आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याए ।
पार्टीमा आफूलाई नेताहरु बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाले समेत माया र विश्वास गरेको अवगत गराउँदै नेता देउवाले कावा सभापति रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको जिम्मेवारी दिन आफू तयार रहेको बताए ।
नेता देउवाले पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । सभापति सुशील कोइरालाको असमायिक निधनपछि काँग्रेसको भावी नेतृत्वका लागि नेता देउवासँगै कावा सभापति पौडेल प्रमुख दाबेदारका रुपमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण