बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

धतुरोको सेवनबाट एकै परिवारका तीनजना गम्भीर

शुक्रबार, ०७ फागुन २०७२, ०७ : ४२
शुक्रबार, ०७ फागुन २०७२

झापा -झापाको चन्द्रगढीमा बिहीबार धतुरोको सेवनबाट एकै परिवारका तीनजना गम्भीर बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चन्द्रगढी–१५ निवासी राधा मुखियाकी १७ वर्षीया छोरी सरस्वती मुखिया, १५ वर्षीया आरती र १५ वर्षीय छोरा अनिल मुखिया रहेका छन् ।

घरमा राखिएको धतुराको दाना नचिनेर बिहान तरकारी पकाउने क्रममा मसलाका रुपमा प्रयोग गरेको र उक्त तरकारी खाएपछि परिवारका तीनैजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले जानकारी दिए ।

धतुरो सेवनबाट विरामी भएका तीनैजनाको अहिले मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप