बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अनेरास्ववियु सम्मेलनः आज मतगणना

शुक्रबार, ०७ फागुन २०७२, ०७ : ५६
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ– नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको गणना आज शुक्रबार हुने भएको छ ।

अध्यक्ष मण्डलले शुक्रबारदेखि मतगणनाको तयारी गरेको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना नेपाल प्रज्ञा–प्रतिष्ठानमा गरिने बताइएको छ । देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप