मोर्चाको सहमतिबिनै राजनीतिक संयन्त्र गठन, संयोजकमा कमल थापा
काठमाडौँ– सरकारले प्रदेश सीमाङ्कनको विवादित विषयलाई टुङ्गो लगाउन ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा सो संयन्त्र गठन गरेको सरकारका प्रवक्ता शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिए । संयन्त्रलाई प्रमुख राजनीतिक दल सहित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु सदस्यका रुपमा राखी पूर्णता दिइने छ । यद्यपी अहिलेसम्म मोर्चाका नेताहरुले संयन्त्रमा सहमति जनाइसकेका छैनन् । संयन्त्रले तीन महिनाभित्र आफ्नो प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ । संयन्त्रको कार्यविधि र सदस्यको चयन राजनीतिक सहमतिकै आधारमा गरिने सूचना तथा सञ्चारमन्त्री राईले बताए ।
यसअघि सत्तारुढ र समर्थक दलहरुको ‘उच्चस्तरीय राजनीतिक समिति’को बैठकले सीमाङ्कनमा देखिएको विवाद समाधान गर्न राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण