फागुन ७ गते ऐतिहासिक दिन– राष्ट्रपति
शुक्रबार, ०७ फागुन २०७२, ०८ : २०
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ६६ औँ राष्ट्रिय प्रजातन्त्रले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिएको सन्देशमा उनले सार्वभौमसत्ता जनतामा निहित हुने र जननिर्वाचित प्रतिनिधिद्वारा शासन हुने संसारकै लोकप्रिय शासन पद्धतिका रुपमा प्रजातन्त्रलाई लिने गरिएको उल्लेख गर्दै निरङ्कुश जहानिया राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको २००७ साल फागुन ७ गते ऐतिहासिक दिन भएको उल्लेख गरेकी छन् ।
जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले २००७ सालको जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उनले संविधानसभाबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नत एवम् समृद्धिको मार्गमा द्रुत रुपमा अघि बढाउनुपर्नेमा सबैको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण