बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सात सालको प्रतिफल नयाँ संविधानः प्रधानमन्त्री ओली

शुक्रबार, ०७ फागुन २०७२, ०८ : २४
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउँदै उनले जनाधिकार पुनः प्राप्तिका लागि पटक पटक भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, नेपाली जनताले लोकतन्त्र र समुन्नत समाज स्थापनाका लागि गरेका दुख, कष्ट, त्याग र सङ्घर्ष तथा विशेषतः २०४६ तथा २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनमा नेपाली जनताले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र सङ्घीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उल्लेख गरेका छन् । सात सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपाली जनताका आप्mनै प्रतिनिधिद्वारा लेखिएकोे संविधान जारी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताएका छन् । संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद भइरहेको र संविधानको पहिलो संशोधनबाट ती असन्तुष्टि आधारभूत रुपमा सम्बोधन भएको बताएका छन् । प्रधानमन्त्रीले कहीँ कतै केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप