सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थाहा छ बदाम खानुका फाइदाहरु

शुक्रबार, ०७ फागुन २०७२, १२ : २१
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं–मौसम अनुसार स्वास्थ्यको लागि कुनै न कुनै फलफुल लाभदायीक हुने गर्छ । जसमध्ये बदाम पनि एक हो । बदामलाई पौष्टिक तथा स्वास्थ्यवद्र्वक पनि मानिन्छ । हरेक मौसममा बदामको उपयोग लाभप्रद हुने गर्दछ । काँचो या पाकेको यसले मानिसलाई फाइदा पुर्याउँछ । बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ । बदाम खानाले मुटुको रक्त केसिकाहरु स्वस्थ रहन्छन । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । क्षमताभन्दा धेरै मात्रामा खानाले यसले प्रायजसो अपच हुन्छ र पेटलाई खराब गर्ने पनि गर्दछ । यति मात्र हैन, बदामको सेवन कोलेस्ट्रोललाई कम गर्नमा अझ प्रभावकारी हुन्छ । भिजाएको बदामको तुलनामा अकुंरित बदाम धेरै स्वास्थ्यवद्र्वक हुने गर्दछ । बदामले स्तनमा दुध वृद्धि गर्दछ । कब्जियतको पीडाबाट मुक्ति पाउनका लागि पनि बदाम खाने गरिन्छ । बदामले कफका साथमा रगत आउने समस्यालाई ठिक गर्दछ । बदामलाइ कुनै पनि व्यञ्जनमा राख्नाले त्यसको स्वादमा भरपूर वृद्धि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप