अवैध नदीजन्य निकासीमा रोक
कावासोती – नवलपरासी जिल्लाको कावासोती क्षेत्रमा बढ्दै गएको अवैध नदीजन्य निकासी रोक्न सेक्टर बन कार्यलय कावासोती लागी परेको छ । पछिलो समय चुरे क्षेत्रमा पर्ने खोलाहरुबाट अवैधरुपमा खोला निकासी भएको खबर पाएपछि पछिलो २ महिना देखी आफुहरुले ११ ओटा टेक्टरलाई नियन्त्रण गरी कावाहिको लागी जिल्ला बन कार्यलय नवलपरासीमा पठाएको सेक्टर बन कार्यलय कावासोतीका प्रमुख कृष्ण प्रसाद देबकोटाले जानकारी दिए । आर्थिक बर्ष २०७१–७२ को मसान्त सम्मका लागी जिल्ला विकास समिती नवलपरासीले चुरे क्षेत्रका खोलाहरुमा खोला जन्य सामाग्री निकासीम गर्ने अनुमती दिएको भएपनि पछिलो समय खोला ठेक्का नलागेको अवस्थामा नवलपुर क्षेत्रको केरुङ्गे खोलाबाट दैनिक रुपमा अवैधरुपमा निकास बढेको र उक्त क्षेत्रपनि चुरे क्षेत्र परेकोले आफुहरुले उक्त अवैध कार्य रोक्न लागीपरेको सेक्टर बन कार्यलय कावासोतीका प्रमुख देबकोटाले जानकारी दिए । जिल्ला वन कार्यालय नवलपरासीले खहरे खोलाको उत्खलनन् गर्दा चुरेमा असर परेको भन्दै त्यसमा रोक लगाउदै आएको देबकोटाको भनाई छ । पहिलेको बर्षहरुमा जिल्ला विकास समिति नवलपरासीले असार महिना भित्र त्यस्ता खहरे खोलामा ठेक्का लगाएर ढुङ्गा, गिट्टी बालुवा निकासी गर्न अनुमती दिने गरेकोमा यो आर्थिक बर्षमा ठेक्का लागेको छैन । नवलपरासी जिल्लाको चुरे पहाडबाट बग्ने खोलालाई निकासी ठेक्का मार्फत आन्तरिक राजस्व संकलन गर्दै आएको आर्थिक बर्ष २०७१÷७२ को मसान्त सम्म जिविसले राजस्व संकलन गदै आएकोमा हाल सम्म पनि ठेक्का लगाउन नसक्दा खोलाबाट अवैधरुपमा खोलाको सामाग्री निकासी बढेको कावासोती क्षेत्रका स्थानिहरुले बताएका छन् । यता बन कार्यलयका एक कर्मचारीले भने चुरे क्षेत्रमा खोला निकासी गर्ने दियो भन वातारण संरक्षणमा समस्या देखीने बताएका छन् सेक्टर बन कार्यलय कावासोतीले दुई महिना देखी अवैधरुपमा निकासी गरेको टेक्टरलाई नियन्त्रणमा लिएर जिल्ला बन कार्यलय पठाईएका टेक्टरहरुलाई बर्ष एन २०४९ अनुसारको मुदा सहकीकात गरी मुर्दा दायर गरेको कार्यलय प्रमुख देबकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण