बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पर्वत सेवा समाज इजरायलको आर्थिक सहयोगमा आँखा शिविर सञ्चालन हुने

शुक्रबार, ०७ फागुन २०७२, ११ : ३५
शुक्रबार, ०७ फागुन २०७२

इजरायल– पर्वत जिल्लाको भँगरा गाविस १ उल्लेरीमा एकदिने निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । पर्वत सेवा समाज इजरायलको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सो निशुल्क आँखा सञ्चालन हुने भएको हो । यही फागुन १३ गते बिहीबार उल्लेरीस्थित लिमी निमाविको प्रांगणमा बिहान ८ बजेदेखि साझ ६ बजेसम्म निशुल्क आँखा शिविर सञ्चालन हुने पर्वत सेवा समाज इजरायलकी महासचिव दिया चापागाईले बताइन् । शिविरका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव चापागाईको भनाई छ । आँखा शिविरमा बिज्ञ चिकित्सकद्वारा आँखाको चेकजाँचका साथै बिरामीको अवस्था हेरी निशुल्करुपमा शल्यक्रिया (अप्रेसन), चश्मा र औषधि उपलब्ध पनि उपलब्ध गराइने आयोजकले जनाएको छ । आँखाजस्तो संवेदशिल अंगको रोगबाट आर्थिक अभावमा उपचार गर्न नपाएर थलिएकाहरुले आफ्नै गाउँठाउँमा सेवा पाउन भनेर हिमालय आँखा अस्पताल पोखरासँग समन्वय गरी निशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको महासचिव चापागाईले बताइन् । शिविरमा आएर आँखाको चेकजाँच गरी फाइदा लिन आयोजकले सबैलाई अनुरोध गरेको छ । रोजगारीको सिलसिलामा इजरायलमा रहेका पर्वतबासीको पहलमा एकवर्षअघि ‘बाध्यताले देखायो प्रदेशको बाटो ः नभुलौं कसैले जन्मेको माटो’ भन्ने नारासहित स्थापित ‘पर्वत सेवा समाज इजरायल’ ले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । महासचिव चापागाईका अनुसार समाजले यसअघि दैबीप्रकोपबाट पीडित, असहाय, अशक्त दीनदुखीहरुलाई आर्थिक लगायतका सहयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप