सुतिरहेका वृद्धको हत्या गरेको अभियोगमा युवक पक्राउ
शुक्रबार, ०७ फागुन २०७२, ११ : ५३
बर्दिया– बर्दियामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
ठाकुरद्वारा–४ सुतैया गाउँका ६९ वर्षीय जोरासिंह थापाको हत्याका आरोपी सोही ठाउँकै २२ वर्षीय अजित बुढालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका बुढाले थापाको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए ।
घरको बरन्डामा सुतिरहेका बेला बुधबार राति १० बजेतिर धारिलो हतियार प्रहार गरी वृद्धको हत्या गरिएको थियो । प्रहरीले हत्याको कारण खुल्न बाँकी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण