बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कला र संस्कृतिबिना देश विकास असम्भव : नेता खनाल

शुक्रबार, ०७ फागुन २०७२, ११ : ५६
शुक्रबार, ०७ फागुन २०७२

इलाम– नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कला र संस्कृतिको विकासले देश विकासमा सहयोग पुग्ने बताएका छन ।

नेपाल ललितकला मञ्च नेपालले आज बिहान इलाम चोकबजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता खनालले कला, संस्कृति भनेका देशका बहुमूल्य सम्पत्ति हुन्, तिनको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिए ।

साम्राज्यवादको सामु नझुकी कला र संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

“सबै कला र संस्कृति देशप्रेमी हुनुपर्छ”, नेता खनालले भने – “देशप्रेम बिनाको संस्कृतिले विकास सम्भव हुँदैन ।” साहित्य परिवर्तनमुखी हुनुपर्ने जनाउँदै उनले साहित्य, कला र संस्कृति परिवर्तन हुँदै एकसाथ अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकमा लामो समयदेखि देखिएको अस्थिरताले नेपालको कला संस्कृतिलाई खासै प्रभाव नपारेको उनको भनाइ छ । आजदेखि हुन लागेको जनसांस्कृतिक महासङ्घको २८औँ वार्षिकोत्सवको उद्घाटन तथा जेएन एकल साँझका लागि इलाम आइपुगेका खनालले आज आफूले रचना गरेको गीतसमेत प्रस्तुत गर्ने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप