बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक अभावमा काटिएको हात जोड्न समस्या

शुक्रबार, ०७ फागुन २०७२, ११ : ५९
शुक्रबार, ०७ फागुन २०७२

मोरङ– करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगर–११ की १८ वर्षीया मेघा कार्कीको आर्थिक अभावमा हात जोड्न समस्या भएको छ ।

सामान्य परिवारकी उहाँको दुवै हात काटिएपछि अहिले उपचारमा समस्या भएको छ । कार्कीको उपचारमा रु तीन लाख ५० हजार खर्च भइसकेको बुबा पर्शुराम घिमिरेले बताए । घिमिरेले भने –“अझै कति खर्च लाग्ने हो टुङ्गो छैन ।

आर्थिक अभावका कारण छोरीको उपचार गर्न समस्या भएको उनको गुनासो छ । “डाक्टरले एउटा हात जोड्न सकिन्छ भन्नुभएको छ ।” भावुक हुँदै घिमिरेले भने – “पैसा छैन, साह्रै समस्या पर्ने भो, कहाँबाट ल्याउनु ?”

छोरीको उपचार गर्न आर्थिक अभाव भएपछि सहयोग माग्दै हिँडेको उनको भनाइ छ । गत पुस २५ गते जेठानी शर्मिला र सासू पार्वतीका साथ मेघा कार्की बन्दै गरेको आफ्नो घर हेर्न गएकी थिइन् । घरको छतमा पुगेपछि उनलाई अचानक हाइभोल्टेजको करेन्ट लाग्यो । करेन्ट लागेर दुवै हात गुमाएकी मेघाले भनिन् – “छत हेर्न गएका थियौँ । होस आउँदा अस्पतालमा रहेछु ।” करेन्ट लागेको दुई दिनपछि पुस २७ गते अस्पतालले दुवै हात काम नलाग्ने भन्दै डाक्टरले काटेर फालिदिए । सामान्य परिवारकी उनका दुवै हात काटिएपछि अहिले उपचारमा समस्या भएको छ । पर्शुरामलाई उपचारसँगै छोरीको भविष्यको चिन्ताले सताएको छ । भावुक हुँदै उनले भने – “हामी छउन्जेल त हेरचाह गर्छाैं । त्यसपछि के हुन्छ । हात जोड्न सके त केही सहज हुन्थ्यो होला ।”

गत फागुन १९ गते विवाह गरेर दिएकी छोरीको दुवै हात गुमेपछि अहिले माइतमा नै राखेर उपचार गराइरहेको पर्शुरामको भनाइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप