फेरियो सबै, फेरिएन दैनिकी
म्याग्दी–जमाना फेरियो, समय फेरियो, समय अनुसार अन्य धेरै कुरा फेरिए । तर, दग्नाम–९ दर्मीजाकी ७१ वर्षिया बृद्धा पृथीमाया शेरपुञ्जाको दैनिकी अझै फेरिएको छैन ।
विहान उठ्नु घरमा भएका भेडाहरु चराउन जानु, दिनभरी उनीहरुसँगै मकै भट्ट चपाउँदै वनपाखामा रमाउनु, साँझ उनीहरुलाई घरमा ल्याउनु उनको दैनिकी हो । उमेरले नेटो काट्न थाल्यो तर उनको ज्यानले कहिल्यै पनि आनन्दको अनूभुति गर्न पाएन् । सामान्यतया ६० वर्षको उमेर काटेपछि मानिसको शरिरले आराम खोज्छ तर पृथीमायाले ज्यानले कहिल्यै आराम खोजेन । खोज्यो त केवल सधै मेलापात, वनपाखा । उनका उमेरका कतिपय साथीसँगी बजारतिर बसाईसरी आनन्दको जीवन विताईरहेका छन्, भने कति स्वर्गवास भए, कति घरमै नाति नातिना खेलाउँदै बस्ने गरेका छन् । तर उनी घरमा बसेर बुढेशकालमा आनन्दको स्वास फेर्नुको साटो लौरो टेकेर, ज्यान कुप्रै भएपनि भेडा बाख्रा धपाउँदै वनजंगल जान छाडेकि छैनन् । पृथीमायासँग ३० वटा भेडा थिए तर केही दिन अगाडि बाघले वनमा चराउँदा जाँदा ८ वटा खाईदिएपछि २२ वटा रहेका छन् । उनले चार वटा भेडा किनेर झन्डै २५ वर्ष अगाडिबाट पाल्न थालेकि हुन् ।तीनै भेडाको संख्याबाट बृद्धि गर्दै यतिका भेडा बनाएकि छन्। आक्ललझुक्कल भेडालाई १५ हजारदेखि २५ हजारसम्ममा विक्रि गर्छिन, पृथीमायाले । उनी भन्छिन्–“साँड ठूलो भयो भने त पैसा पनि राम्रै पाइन्छ तर ठूलो बनाउँनै सकिदैन, सानोलाई धेरै पैसा पर्दैन ।” उनले पालेका भेडाबाख्रा गाउँघरमै विक्रि हुन्छ, बजारको समस्या छैन् । पृथीमायाको एउटा छोरा, एउटी छोरी छन् परिवारमा । छोरा अहिले रोजगारका लािग विदेशमा छन् भने छोरीको विवाह भईसकेको छ । घरमा पृथीमायाको श्रीमान, बुहार छन् । उनको श्रीमान पनि बृद्धा छन् । उनको काम घरमा भएको एउटा भैसीको स्याहार सुसार गर्नु हो । बुहारीको काम घर धन्दा र मेलापात हो भने पृथीमायाको भेडा चराउनु । नागरिकतामा उमेर घटेकोले आफूले बृद्ध भत्ता पाउन नसकेको भन्दै उनले गुनासो समेत गरिन् । “खै कसले घटायो कुन्नी मेरो उमेर मैले पढ्न जान्दीन, तर अझैपनि बृद्ध भत्ता पाएको छैन”, उनले भनिन् । बुढेशकालमा दुःख गरेर भेडा पाल्नु उनको रहर र बाध्यता दुवै हो, तर आफूले पालेका भेडा÷साँड सबै बेचेर घरमा बस्न पनि सक्दीनन् । उनी भन्छिन्–“भेडा चराउन जाँदा दुःख त हुन्छ नी तर आफूले पालेको बेच्नै मन लाग्दैन।” सानो भेडाबाट माया गरेर स्याहार सुसार गरेर पालेको सन्तानको जस्तै माया लाग्छ कसरी सबै बेच्नु, पृथीमाया भन्छिन् । भेडा बाख्रा चराउँदा दुख भएपनि आफूलाई आनन्द मिल्ने गरेको उनको भनाई छ । घरमा दिनभरी त्यतिकै बस्नु भन्दा भेडा बाख्रा चरायो भने दिन पछि काटिन्छ, थोरै भएपनि आम्दानी हुन्छ पृथीमायाले भनिन् । उनीसँग भएका भेडाहरु पनि उनको बोलिकै इसारामा चल्ने गर्छन् । वनपाखामा चराउन जाँदा उनको आवाज पाएपछि भेडाबाख्रा उनकै साथमा आउछन् । भेडाबाख्रा उनको बुढेशकालमा सारथी भएका छन् ।
लौरोका साहाराविना हिड्न सक्दिनन् पृथीमाया तर पनि जंगलमा भेडा चराउन जान छाडेकि छैनन् । कहिलेसम्म भेडाबाख्रासँगको वनपाखामा उनको यात्रा जारी रहन्छ थाहा छैन । तर, उनी भन्छिन्–“जहिलेसम्म यो ज्यानले सक्छ त्यहिलेसम्म यी भेडाबाख्रा मेरा सारथी हुन्छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण