महिला मोटरसाइकल रेसिङ ‘रेसनारी’ हुने
काठमाडौं–नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) ले पहिलो मोटरसाइकल रेसिङको रुपमा भोलि फागुन ८ गते ‘रेसनारी’ आयोजना गर्ने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रेसनारी आयोजना हुनेछ । १२५ सिसीका मोटरसाइकल सहभागी हुने उक्त प्रतियोगितामा महिला राइडरहरु मोटरसाइकल रेसिङमा सहभागी हुने छन् ।
रेसनारीकै अवसरमा सब इभेन्टका रुपमा स्कुटर जिमखाना प्रतियोगिता, स्लो रेस प्रतियोगिता, ट्यालेन्ट हन्ट, राइडर्स युनिफाइडद्वारा विमेन स्कुटर स्टन्ट शो तथा अन्य विभिन्न इभेन्ट समेत आयोजना गरिने छ ।
यो भन्दा पहिले स्कुटर ¥याली, रेसमान्डु, टीडीएस ¥याली, अफरोड रेसिङ, क्रसकन्ट्री जस्ता विभिन्न प्रतियोगिता नेपालमा भए पनि यस प्रकारको मोटरसाइकल रेसिङ प्रतियोगिता नेपालमा भएको थिएन । त्यसैले नेपालका लागि यो पहिलो महिला मोटरसाइकल रेसिङ इभेन्ट हो । यो मोटरसाइकलमा आधारित पहिलो क्लोज सर्किट रेस हो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा खेल्न प्रोत्साहित गरिने छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आवद्ध नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा रेसनारी आयोजना हुन लागेको हो । यसबाट सडक सुरक्षाको सन्देश समेत फैलाउन सहयोग पुग्ने आयोजकले जनाएको े छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण