बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वन तस्करलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

शुक्रबार, ०७ फागुन २०७२, १३ : २९
शुक्रबार, ०७ फागुन २०७२

दाङ–जिल्ला वन कार्यालय दाङले लामो समयदेखि वन तस्करीमा संलग्न रहेका तुलसीपुरका एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला वन अधिकृत नबराज काफलेले वन ऐन २०६४को उपदफा २ अनुसार तुलसीपुर १० भट्टे निबासी केबल खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । पटके भएकाले धरौटी राखेर तारेखमा छोड्न नमिल्ने कानुनी व्यवस्था भएकाले थुनामा पठाएको जिल्ला वनले जनाएको छ ।

गएको माघ २४गते तुलसीपुर ११ स्थित अश्वारा सामूदायीक वन उपभोक्ता समूहको ‘क’प्लटमा वनजंगल विनास तथा साल प्रजातीका बलाबली काट्दै गरेको अबस्थामा उपभोक्ताको सहयोगमा वन रक्षकको टोलीले खत्रीलाई पक्राउ गरेको थियो । यस अघि पनि खत्रीले सामूदायिक वन समूहको क प्लटको सिमानामा डेढ हेक्टर वन क्षेत्र अतिक्रमण गरि बालीनाली लगाउनुका साथै दर्जनौ रुखहरु कटान गरि चोरी निकासी गरेको अभियोगमा एक बर्ष ६ महिना कैद भुक्तान गरि सकेका छन् । २०५४ साल देखि खत्रीले उपभोक्ताको छेक हेरेर वन अतिक्रमण र अबैध काट चोरी निकासी गर्दै आइरहेको वन समूहले जनाएको छ । यस अघि पनि वन समूहले पटक पटक नियन्त्रणमा लिएर जरिवाना गर्ने गरे पनि उनको बानीमा कुनै परिवर्तन दिए । भएको छ । खत्रीको ११ दिन सम्म अनुसन्धानमा खटेका इलाका वन कार्यालय तुलसीपुरका प्रमुख तथा अनुसन्धान अधिकृत दिपक काफलेले राजनीतिक र समाजिक काममा परिचीत व्यक्तिको सहयोग भएकाले वन तस्कर खत्रीको वानीमा सुधार नआएको बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको काफलेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप