बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जलविद्युत आयोजना निर्माणमा अवरोध भए सेना परिचालन हुन्छः उर्जामन्त्री

शुक्रबार, ०७ फागुन २०७२, १३ : ३५
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौ– उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अवरोध गरिए सेना परिचालन गरेर भएपनि जलविद्युत आयोजना निर्माण कार्यलाई अगाडि बढाउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ अब जलविद्युत आयोजना निर्माणमा कसैले अवरोध गर्न सक्दैन । अवरोध गर्न खोज्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउँछौ । त्यती गर्दा पनि नभए सेना परिचालन गरेर भएपनि अघि बढाउँछौ ।’ मन्त्री रायमाझीले आउँदो वर्ष उर्जाको क्षेत्रमा उथल पुथल वर्ष हुनेभन्दै एक वर्षभित्र २५० देखि ३०० मेघावाट सौर्य उर्जा उत्पादन गर्ने र त्यती नै परिमाणमा भारतबाट विजुली आयात गरेर जनताले महसुस गर्ने गरी आधारभुत रुपमा लोडसेडिङ्ग अन्त्य गर्ने दावी गरे । उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा शनिवारबाट ८० मेघावाट विद्युत आयातको उद्घाटन गर्नु हुन्छ । त्यसपछि एक देखि दुई घण्टा लोडसेडिङ घटाउने र यो वर्ष अहिलेको भन्दा लोडसेडिङ्ग बढ्न दिदैनौ ।’ मन्त्री रायमाझीले मुलुकमा उर्जा विकासको लागि प्रधानमन्त्रीको अध्यक्षतामा उर्जा संकट निवारण आयोग, उर्जामन्त्रीको अध्यक्षतामा केन्द्रीय उर्जा संकट निवारण समन्वय समिति र हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा जिल्ला स्तरीय समिति निर्वारण गरेर नियमित सहजीकरण गरिरहने जानकारी दिँदै भने,‘ उर्जा विकास गरेर मात्रै भएन प्रशारण लाईन पनि चाहियो त्यसकोलागि तराई, मध्य पहाडी लोकमार्ग र रिवर बेस ट्रान्स मिसन लाईन अघि बढाउँछौ । योसँगै चीन र बंगलादेशसम्म लाईन विस्तार गर्ने कामलाई पनि अघि बढाउँछौ । काठमाडौमा पनि ट्रान्समिसन र सब स्टेशनहरु अण्डरग्राउण्ड गर्ने काम अघि बढाउँछौ ।’ मन्त्री रायमाझीले विद्युत विकासकोलागि जेनेरेसन, ट्रान्समिसन र ईन्जिनियरिङ्ग सरकारी कम्पनी निर्माण गर्ने योजना सुनाउँदै अब जेनेरेसन कम्पनीमार्फत जलासाय यूक्त आयोजनहरुको निर्माण र अध्ययन अघि बढाउने र त्यसकोलागि ईपीसीएफ, बीटी, बुट, जी टु जी, कम्पनी, प्राधिकरण वा विकास कुनै एक मोडलबाट उत्पादन गने बताए ।

उनले भने,‘ जुन सम्भव हुन्छ त्यही मोडलमा गएर विद्युत उत्पादन गर्ने हो । ४० देखि ५० प्रतिसत जलासाययूक्त आयोजना, १५ देखि २० प्रतिसत रनअफ दि रिभर, २५ देखि ३० प्रतिसत पीआरओआर र बाँकी बैकल्पिक उर्जामा जान्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप