बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सरकारले घरेलु कामका लागि विदेश जान रोक लगायो

शुक्रबार, ०७ फागुन २०७२, १४ : ३१
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं, फागुन ७– सरकारले खाडी मुलुकमा घरेलु कामका लागि जान रोक लगाएको छ । गत जेठदेखि घरेलु कामदारलाई वैदेशिक रोजगारीमा जान खुला गरेको सरकारले फेरि रोक लगाएको हो । सुरक्षा, काम र तलबबारे स्पष्ट व्यवस्था नहुँदा घरेलु काममा जान नेपाली कामदारलाई रोक लगाइएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयले रोक लगाएसँगै वैदेशिक रोजगार विभागको श्रम कार्यालयले घरेलु कामदारका रुपमा विदेश जानेलाई श्रम स्वीकृति दिन बन्द गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप