बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाओवादी नेतामाथि आक्रमण

शुक्रबार, ०७ फागुन २०७२, १४ : ५५
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौं– एमाओवादी नेता विश्वनाथ साहमाथि आक्रमण भएको छ । सिरहास्थित एमाओवादीका केन्द्रीय परिषद् सदस्य फुलगेन नायकको घरबाट गाडीमा फर्कदै गर्दा अरङ्ग गाउँमा एक समूहले आक्रमण गरेको नेता साहले बताए ।

फागुन ३ गते नेपाली काँग्रेसका नेता एवं सांसद गणेश मण्डलमार्फत फुलगेन नायकको घरमा आक्रमण भएको थियो । फुलगेन नायकलाई कुटपिट समेत गरिएको थियो । आफू त्यसबारेमा जानकारी लिन उनको घर गएको र फर्किने क्रममा आफूमाथि आक्रमण भएको शाहले बताए । आक्रमणबाट शाह सामान्य घाइते भएका छन् भने सवार गाडीको सिसा फुटेको छ ।

उनका अनुससार पचास–साठी जनाको समूहमा आएका सो समुहका धेरैले नाकाव पनि लगाएको थिए । उनले भने, ‘त्यसमध्ये मैले धेरैलाई चिनिन । तर, खुशीलाला ठाकुर, धनवीर यादव, प्रभात सिहलगायतका व्यक्तिलाई चिनेको छु ।’ उनीहरु स्थानीय कांग्रेस समर्थित गुण्डा भएको बताइएको छ । घटनामा स्थानीय प्रहरी प्रशासन तथा काँग्रेसको मिलोमतो रहेको उनले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप