कति छन् मलेसियामा नेपाली ?
क्वालालम्पुर–मलेसियामा कति नेपालीले काम गरिरहेका छन् भन्ने प्रश्न कसैलाई सोध्यो भने ८ देखि १० लाखको हाराहारीमा छन् भन्ने गरेको हामी सुन्छौ । नेपाल सरकार होस् वा सरकार मातहतको कार्यालय लगायत सर्बसाधारण सबैले अनुमानित यहि संख्या मात्र जानकारी दिने गर्छन् । तर मलेसिया सरकारले यहाँ बैधानिकरुपमा बसेर काम गर्ने नेपालीको पछिल्लो संख्या भने निकै थोरै सार्बजनिक गरेको छ । मलेसियामा ५ लाख २६ हजार ९ सय ३३ जना नेपाली मात्र बैधानिक भएको जानकारी दिईएको छ । यहांका मानव संसाधन मन्त्री दातुक सेरी रिचर्ड रियोट दंगाले दिएको जानकारी अनुसार आप्रवासी कामदार मध्य नेपालीको संख्या यो दोस्रो ठुलो हो ।
यहाँ कती नेपाली अबैधाकिन छन् भन्ने जानकारी न त मलेसिया सरकारसंग छ , नत नेपाल सरकारसंग छ । मलेसियामा रहेको नेपाली राजदुतावासको आंकडामा झण्डै १० हजार नेपाली यहां अबैध छन् । तर ठूलो संख्यामा नेपालीले अबैधानिक तरिकाले काम गरिरहेको अनुमान छ । नेपाल भन्दा अगाडी पहिलो नम्बरमा ईण्डोनेसीया पर्दछ । ईण्डोनेसीयाबाट रोजगारीका लागी आएका ८ लाख २८ हजार २ सय ८३ जना यहां बैधानिक तरिकाले काम गरिरहेका छन् । यस्तै बंगलादेशी कामदारको संख्या २ लाख ८२ हजार २ सय ८७ रहेको मानव संसाधन मन्त्री दंगाले बताए । यसैगरी एक लाख २६ हजार भारतीय नागरिक मलेसियामा काम गरिरहेका छन । उता म्यानमारबाट आएका एक लाख ४३ हजार ५६ जना यहां बैध तरिकाले काम गरेका छन् । यस्तै थोरै संख्यामा यहां काम गर्न आउनेका कम्बोडियन पर्दछन् । कुल ८ हजार ५ सय ४८ कम्बोडियनले यहां बैधानिक कामदारको हैसियतमा काम गरिरहेका छन् । भियतनाम,पाकीस्तान लगायत मुलुकबाट पनि ठुलो संख्यामा कामदार रोगगारीका लागी आएका छन् । कुल २१ लाख ३५ हजार बैधानिक कामदारले मलेसिया सरकारलाई लेबी बुझाउदै आएपनि अबैधानिक आप्रवासी कामदार कति छन् भन्ने लेखा जोखा छैन् । अघिल्लो बर्ष सन २०१५ मा २ लाख अबैधाकिन कामदार पक्राउ गरि सम्बन्धित देश फिर्ता गरेको मलेसियन सरकारले जानकारी दिएको छ । गत बर्ष ५५ हजार अबैधानिक नेपाली दुतावासको सहयोगमा स्वदेश फर्किएका थिए । मलेसियाले बिद्यमान १७ प्रतिशत बिदेशी कामदारको परनिर्भरतालाई सन २०२० भित्र १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
मलेसियाद्वारा विदेशी कामदार लिने प्रक्रिया स्थगित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण