जेएनयूका अध्यक्षलाई पक्राउ गरिएको भन्दै नेपालमा विरोध
काठमाडौं – भारतको चर्चित विश्वविद्यालय जवाहरलाल नेहरु विश्वविद्याल (जेएनयू) का अध्यक्ष कन्हैया कुमारलाई गिरफ्तार गरिएको भन्दै नेपालमा विरोध भएको छ । नेपालका विभिन्न लेखक, फिल्म निर्माण, कलाकार, वकील, राजनीतिकर्मीलगायतका व्यक्तिहरुले आज एक विज्ञप्ती जारी गर्दै गिरफ्तारीको विरोध गरेका हुन् । विज्ञप्तीमा नागरिक अधिकारहरु तथा भिन्न मत राख्न पाउने स्वतन्त्रतासम्बन्धी सार्थक सम्वादलाई बढावा दिने अभिप्रायले गरिएको कुमारको भाषणलाई लिएर उनलाई पक्राउ गरी राजद्रोहको अभियोग लगाइनु अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै जुन स्वतन्त्रता कुनै पनि शिक्षण संस्थाको नाभिस्थलमा रहनुपर्ने एक सार्वत्रिक मूल्य समेत भएको उल्लेख गरिएको छ । यस्तै भारतीय राज्य संयन्त्र एक संस्थाविशेषको विद्वत् अभ्याससम्बन्धी स्वतन्त्रतालाई अवमूल्यन तथा खारेज गर्न आक्रामकरुपले प्रस्तुत भएको समेत विज्ञप्तीमार्फत जनाइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, ‘ यो भारतीय नागरिकहरुका लागिमात्र नभई अझ समान तथा न्यायपूर्ण समाजको परिकल्पना गर्ने प्रत्येक व्यक्तिका लागि चिन्ताको विषय हो । भिन्न मतको गलो अ“ठ्याउन उन्मादका साथ यो प्रवृत्ति शुरु भएको छ, र यो प्रवृत्ति भिन्न मत राख्ने प्रत्येक आवाजको गलो ननिमोठुन्जेल एउटा अवरोध, अन्धवेग र दमनचक्रका रुपमा रहने खतरा छ । तसर्थ कुनै पनि आवाजको गलो निमोठ्ने यस प्रकारका दुष्प्रयासहरुको असंदिग्धरुपले भत्र्सना गरिनु वाञ्छनीय छ ।’ गिरफ्तारीको विरोध गर्नेहरुको नामावलीः मञ्जुश्री थापा, लेखक खगेन्द्र संग्रौला, लेखक सीके लाल, लेखक किशोर नेपाल, लेखक रवि थिापा, लेखक अन्बिका गिरी, लेखक प्रवीण अधिकारी, लेखक अनशु गुरुङ,अभियन्ता शिवराम यादव, राजनीतिकर्मी अनुभनव अजित,अभियन्ता चिरन मानन्धर, अनुसन्धानकर्मी तारा चाम्लिङ, लेखक उज्ज्वल प्रसाई“, लेखक उज्ज्वल महर्जन, कवि युक्त बज्राचार्य, कवि सुदीप पोखरेल, लेखक अमान्दा मानन्धर गुरुङ, अनुसन्धानकर्मी स्मिता मगर, लेखक दिप्ती गुरुङ, अनुसन्धानकर्मी नयन सिन्धुलिय, लेखक हौसला जिम्बा, सामाजिक कार्यकर्ता प्रभात झा, फिल्मनिर्माता ब्रबिम कुमार, युवाअभियन्ता प्रदीप परियार, युवा अधिकरकर्मी विमल अर्याल,अभियन्ता रञ्जन झा, कलाकार अपूर्व खतिवडा, वकिल नवीन श्रेष्ठ, वकिल इरिशा सुवाल, लेखक ज्ञानु अधिकारी, लेखक शिखा किरण, अनुसन्धानकर्मी अनिता दुलाल,अभियन्ता ईश्वरी भट्टराई, अभियन्ता जगदीश अधिकारी, प्रकाशक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण