बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मलेसियाले तत्काल आप्रवासि कामदार नलिने

शुक्रबार, ०७ फागुन २०७२, १७ : ४३
शुक्रबार, ०७ फागुन २०७२

क्वालालम्पु-मलेसियाले अप्रत्यासितरुपमा आप्रवासि कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । पन्ध्र लाख बंगलादेशी कामदार ल्याउने भनि सहमतीमा हस्ताक्षर गरेकै भोली पल्ट मलेसियाले यस्तो घोषणा गरेका हो ।

सरकारी समाचार समिति बर्नामाका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले मलेसियाले सवै स्रोत मुलुकबाट कामदार लिन बन्द गर्ने निर्णय गरेको घोषणा गरेका हुन् । बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने आबस्यकता हेरी कामदार लिने उपप्रधानमन्त्री हमिदी बताए ।

मानव संसाधन मन्त्री दातुक सेरी रिचर्ड रियोटले मलेसियामा तत्काल कोहि पनि बिदेशी कामदार नल्याईने भन्दै अब सबै क्षेत्रमा स्थानिय कामदारलाइ उत्प्रेरित गर्ने बताए । बंगलादेशी कामदार मलेसिया ल्याउने भनि सहमती गरे पछि आप्रवासि कामदारका कारण स्थानियको रोजगारी गुम्ने खतरा बढ्दै गएको भन्दै यहाको बिपक्षी दलले सारकारको आलोचना गरेको थियो ।

मलेसियन ट्रेड यूनियन काँग्रेसले लाखौ बिदेशी कामदार ल्याउदा स्थानियको रोजगारीमा असर पर्ने भन्दै बिदेशी कामदार ल्याउनका लागी एउटा राट्रिय आयोग गठन गर्नु पर्ने काँग्रेसको माग अघि सरेको थियो ।

उपप्रधानमन्त्रि दातुक सेरी अहमद जाहीद हामिदीले शुक्रबार थ्रीडि कामका लागि (डर्टी , डेन्जर र डिफिकल्ट ) स्थानियले रुची नदेखाएकाले १५ लाख बंगलादेशी ल्याउन लागेको बताए पनि आज एकाएक यहाको सरकारले निर्णय बदलेको छ । यस्को मुख्य असर बंगलादेशलाइ पर्न गएको छ ।

कुल २१ लाख ३५ हजार आप्रवासि बैधानिक कामदारले मलेसियामा काम गर्दै आएका छन । यसै गरी उपप्रधानमन्त्री हमिदीले लेभीको नया दर लगायतका बिषयमा पुनःविचार गर्ने बताए ।

मलेसिया रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने तथा अबैधानिक कामदारलाइ सुरक्षाकर्मी प्रयोग गरि पक्राउ गरीने उनले बताए । पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र पक्राउ परेकालाई उनिहरुकै मुलुकमा फिर्ता गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप