बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जाजरकोटमा सय बढी खानेपानी आयोजना जीर्ण अवस्थामा

शुक्रबार, ०७ फागुन २०७२, १७ : ४६
शुक्रबार, ०७ फागुन २०७२

जाजरकोट – जिल्ला भरि सयभन्दा वढी खानेपानी आयोजनाहरु जीर्ण अवस्थामा रहेका छन् । सानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले गरेको सर्वेक्षण गरेपछि सय वढी खानेपानी आयोजना जीर्ण अवस्थामा रहेको जानकारी भएको हो । राणाकालिन चन्द्र शमशेरको पालादेखि बन्दै आएका जिल्ला भरिका ३ सय ४ वटा खानेपानी आयोजनामध्येमा सय बढी आयोजनाहरु जीर्ण अवस्थामा रहेको खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय प्रमुख महेश्वर महतोले बताए । सय वढी जीर्ण आयोजनामा सामान्य मर्मत गर्नुपर्ने आयोजना पुन्मा–७ को साल्टाकुरा खानेपानी आयोजना र मजकोट–९ देसिपाटा खानेपानी आयोेजना गरि दुई वटा ठूलो मर्मत गर्नुपर्ने आयोजनामा जगतिपुर–६ खन्नेखर्क मुल खानेपानी आयोजना, खलंगा–३ फुलवारी खोला खापाआ, पैंक–९ सौलाखोली खापाआ, लहँ–८ ऐरारी खापाआ, टालेगाउँ–८ भाक्नेमुल खापाआ, पजारु–९ पौजापाखा खापाआ, थालारैखर–७ ठाकुर जनाता खापाआ र जुगाथापाचौर–७ भिउस खापाआ गरि ८ वटा आयोजना रहेको जनाईएको छ । सुधार विस्तार गर्नु पर्ने आयोजनामा नायकवाडा २ र ४ चेम्ने खोला मुल खापाआ र कार्कीगाउँ ९ ओरुले खर्क मुल खापाआगरि दुई वटा आयोजना रहेका छन् । पुनः निर्माण गर्नु पर्ने आयोजनामा डाडाँगाउँ ९ को धल्लेनी खोला मुल खानेपानी आयोजना रहेको छ । त्यसैगरि सञ्चालनमै ल्याउन नसकिने आयोजनामा ढिमे ९ कहेरा खोला मुल खापाआ, रोकायगाउँ ८ जुगेपानी मुल खापाआ, सक्ला ९ काप्ती मुल खापाआ, भगवति ९ भगवति सिउना खोला मुल खापाआ, अर्छानी ९ अदेरी खोला मुल खापाआ, झाप्रा ८ दारिया खोला मुल खापाआ साल्मा ८ सुयाडा पानी मुल खापाआ, दशेरा ६ पाखापानी मुल खापाआ र दहँ ९ मैनपाखा मुल खापाआ गरि ९ वटा आयोजनाहरु रहेको कार्यालयको तथ्याङकले देखाएको छ । उक्त आयोजनाहरु कति सालमा कुन निकायवाट निर्माण गरिएको हो भन्ने पत्ता लगाउन नसकिएको खानेपानी तथा सरसफाई सव डिभिजजन कार्यालय प्रमुख महेश्वर महतोको भनाई छ । खानेपानी आयोजनामै काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाद्धारा निर्माण गरिएका जिल्ला भरिकै आयोजनाहरुको मर्मसम्महारका लागि नागरिक समुदायलाई जिम्मेवार वनाउन नसक्दा यस्तो समस्या आएको नागरिक अगुवा केशव जंग शाहको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप