रोल्पामा पाहुना आएका एक युवकको लुटेराहरुद्वारा हत्या
शुक्रबार, ०७ फागुन २०७२, १७ : ५४
रोल्पा–अज्ञात समूहद्वारा रोल्पामा एकजनाको हत्या भएको छ । उत्तरी रोल्पाको उवा–८, घोराबाङमा बिहीबार राती २ बज बस्ती घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । मध्यराती ६/७ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले स्थानीय भरत घर्तीको घरमा लुटपाट गर्ने क्रममा पाहुना बस्न आएका ३३ वर्षीय बस्ती घर्तीको प्रतिकारको क्रममा हत्या भएको प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिए । केही समयअघि मात्रै बैदेशिक रोजगारबाट फर्केका मृतक घर्तीको साथबाट २ लाख नगद र तीन तोला सुन लुटेराहरुले लगेको प्रहरीको भनाई छ । लुटेराहरुसँगको प्रतिकारमा घाइते घर्तीको अत्याधिक रक्तश्रावका कारण बिहान ५ बजे स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख थापाले बताएका छन् । थापाका अनुसार लुटेराहरुको खोजी कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण