नाटोजको साधारणसभा फागुन १८ मा, चन्दलाई प्रमुख निर्वाचन अधिकृत तोकियो
काठमाडौं–राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को निर्वाचन तथा बार्षिक साधरणसभा फागुन १८ गते हुने भएको छ । संघको सचिवालयमा आज शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । साधरण सभासँगै हुन लागेको निर्वाचन प्रयोजनका लागि (टूर्गान) का हालै नवनिर्वाचित अध्यक्ष तथा अधिवक्ता नगेन्द्र चन्दलाई निर्वाचन प्रमुख अधिकृतको रुपमा मनोनयन गरिएको छ । यसका साथै संघका तर्फबाट साधरणसभालाई भव्य र सभ्य बनाउनका लागि व्यापक रुपमा लाग्ने र पर्यटन प्रवद्र्धनसँग सम्बन्धीत ऐतिहासिक निर्णयहरु गर्ने पनि नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीले बताए । यो साधारण सभाले पर्यटन पत्रकारहरुको साखलाई अझ उच्चो बनाउने बताउँदै पर्यटन पत्रकारका नाममा खेलवाड गर्ने तत्वहरुलाई बढार्ने उनको भनाई छ । यसका साथै संघले सदस्यता नविकरण नगरेका सदस्य पत्रकार साथीहरुलाई नविकरण गर्न र नयाँ लिन चाहने सम्बद्ध पत्रकारले पनि यही फागुन १५ गतेभित्र सदस्यता लिई सक्न आह्वान समेत गरेको छन् । साधरणसभामा पर्यटन व्यवसायसँगै सामाजिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुलाई अभिनन्दन गर्ने पनि जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण