बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

शुक्रबार, ०७ फागुन २०७२, १८ : ०४
शुक्रबार, ०७ फागुन २०७२

बेलायत-नेपाल र बेलायतबीच कूटनैतिक सम्बन्ध कायम भएको २ सयौँ वर्षगाँठका अवसरमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल आउन निमन्त्रणा दिइएको छ । एनआरएन यूके, तमू धी, पूर्व गोर्खा सैनिक, नेप्लिज क्याटरिंग एशोसियसन, नेप्लिज वोमन एशोसियसन इन यूके, यति नेपाल एशोसियसन लगायत बेलायतमा रहेका नेपाली संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै राजाराम गिरीले २० डाउनिंग स्टिटमा क्यामरुनका प्रतिनिधीलाई निमन्त्रणा पत्र बुझाएका हुन् । बेलायती प्रधानमन्त्रीलाई बुझाइएको निमन्त्रणा पत्रमा नेपाल र बेलायत पछिल्लो २ सय वर्षदेखि निकै नजिकका सहयोगी रहेको उल्लेख छ । नेपाली गोखाहरुले बेलायती सेनामा सेवा गर्दै विश्वभर बहादूरको उपमा पाएको तथा बेलायतकै प्रतिष्ठित भिक्टोरिया क्रस जितेको उल्लेख छ । आजसम्म पनि नेपालीहरुले बेलायती सेनामा भर्ना हुन पाउनुलाई ठूलो सम्मानका रुपमा हेरेको निमन्त्रणा पत्रमा उल्लेख छ ।

निमन्त्रणा पत्रमा बेलायतकी महारानी एलिजावेथको गद्धी आरोहणको खुसीयाली मनाउन बेलायती आरोहण दलको नेतृत्व गर्दै सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेको समेत उल्लेख गरिएको छ । २९ मेइमा सगरमाथामा मानव पहिला पुगेपनि बेलायतमा यसको खबर २ जूनमा मात्रै पठाइएको थियो ।

२ जून १९५३ मा बेलायती महारानी एलिजावेथले गद्धी आरोहण गरेकी हुन् । १९ औँ शताब्दीको मध्यतीर सगरमाथाको उचाई मापन गने बेलायती जियोलोजिस्टकै नामबाट यस हिमालको नाम एभरेस्ट जुराइएको समेत निमन्त्रण पत्रमा उल्लेख छ । निमन्त्रणपत्रमा बेलायत नेपालको सबैभन्दा ठूलो दाता रहेको र बेलायती सरकारको सहयोगलाई नेपालीहरुले सधैँ सम्मान गरेको उल्लेख छ । महाभूकम्पपछि नेपालको विकासमा बेलायतले ध्यान दिइरहेका बेला क्यामरुनको भ्रमणले यसमा थप उर्जा थप्ने निमन्त्रणा पत्रमा जनाइएको छ । मार्च १६ मा नेपाल र बेलायतको दैन्त्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुग्नेछ । अहिलेसम्म प्रधानमन्त्रीले गरेका छैनन् नेपाल भ्रमण यसपटक बेलायती प्रधानमन्त्रीका प्रथम सचिवलाई नेपालीहरुले निमन्त्रणा पत्र बुझाएका हुन् । नेपालीहरुले प्रधानमन्त्री क्यामरुनलाई नै भेट्न चाहेको र उनीपनि नेपाली प्रतिनिधिसँग भेट्न तयार रहेपनि समय व्यस्ताका कारण भेटघाट सम्पन्न नभएको नेपाल प्रतिनिधिमण्डलका सहभागिले बताएका छन् ।

नेपालमा बेलायतकी महारानी एलिजावेथ द्धितियले दुईपटक भ्रमण गरिसकेकी छन् । त्यस्तै, राजकुमार चाल्र्स पनि दुईपटक नेपाल आइसकेका छन् । बेलायती राजपरिवारले सधैँ नेपाली गोर्खा सैनिक र नेपालप्रति आफ्नो मोह दर्शाउँदै आएको छ । सन् २०१२ मा सगरमाथा आरोहण गर्ने इच्छा व्यक्त गरेका चाल्सका छोरा राजकुमार ह्यारीले मार्च वा मेइमा नेपाल आउने घोषणा यसै वर्षको सुरुआतमा गरेका थिए । बेलायती राजपरिवारका सदस्यहरु यसरी पटक–पटक गरेर १३ पटक नेपाल भ्रमणमा आईसकेका छन् । तर अहिलेसम्म बेलायतका कुनै पनि प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप