आयोजक मोरङ फुटबल क्लब क्वाटरफाइनलमा
विराटनग– पाहुना टोली रुपेन्देही ११ लाई हराउँदै आयोजक मोरङ फुटबल क्लब विराट गोल्ड कप टुर्नामेन्टको क्वाटरफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज भएको खेलमा रुपेन्देहीलाई १–३ गोलको अन्तरले पाखा लगाउँदै मोरङ क्वाटर फाइनलमा प्रवेश गरेको हो । निकै आक्रमक रुपमा प्रस्तुत भएको मोरगंले खेलको पहिलो हापको ३२ औँ मिनेटमा विजय धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफदेखी सुधारिएको प्रदर्शनी गरेको रुपेन्देहीले पाएको गोल गर्ने अवसर चुकाउदा घर फर्कीन बाध्य भयो । खेलको ४८ औँ मिनेटमा मोरङका क्याप्टेन दिपक राईले डिबक्स बाहिरबाट प्रहार गरेको गोलले चालि चुमेपछि मोरगंको ०–२ गोलको अग्रता भयो । चिनै रोचक भएको खेलमा मोरगंका खेलाडीले रुपेन्देहीका भीक्टोर अम्बीललाई खेलको ५७ औँ मिनेटमा डिबक्स भित्र लडाएपछि रुपन्देहीले पेलान्टी पाएको थियो । पेलान्टीमा रुपेन्देहीका शिव श्रेष्ठले गोल गरे । रुपन्देहीका खेलाडीले बारम्बार प्रहार गरेको गोल मोरगंका गोल रक्षक किरण गुरुङ सानचाद बचाएका थिए । खेलको ७८ औँ मिनेटमा मोरगंका रुपेस केशीले गोल रक्षक अगाडी बढेको मौकामा डिबक्स बाहिरबाट प्रहार गरेको गोलले जाली चुमि टिमको जित सुनिश्चत बनेको थियो । खेलका म्यान अफ द म्याच मोरङका बिजय लिम्बु घोषित भए । प्रतियोगिताको भोलीको खेल गत वर्षको विजेता झापा ११ र कोलकताको जर्ज टेलिग्राफ बिच हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण