बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री गच्छदारलाई

शुक्रबार, ०७ फागुन २०७२, १८ : २५
शुक्रबार, ०७ फागुन २०७२

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका सिलसिलामा आज गणतन्त्र भारततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोकेका छन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री गच्छदारलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप