राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीको भव्य स्वागत (तस्विर)
शनिबार, ०८ फागुन २०७२, १२ : २३
काठमाडौं– ६ दिने औपचारिक भ्रमणको सिलसिलामा भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित विषेश समारोहकाबीच ओलीलाई मोदीले औपचारिक स्वागत गरेका हुन् । सो अवसरमा ओलीको सम्मानमा गार्ड अफ अनर प्रदान गरिएको थियो । विषेश समारोहमा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेललगायतको सहभागिता थियो भने भारतको तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, रक्षामन्त्री मनोहर लगायतको सहभागिता थियो । मोदीको औपचारिक स्वागतपछि राष्ट्रपति भवनमै विदेशमन्त्री सुस्मा स्वराजसँग प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो भने केहिबेरमा मोदीसँग पनि भेटवार्ता हुने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीवीचको वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने बताइएको छ ।तस्विर : भारतीय विदेश मन्त्रालय/ रासस
https://www.youtube.com/watch?v=v2JmBAiuhfQखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण