आफ्नो अन्तिम टेस्टमा ३० साल पूरानो किर्तिमान तोडे म्याकुलमले
क्राइस्टचर्च – ब्रेन्डन म्याकुलमले टेस्ट क्रिकेटमा सबैभन्दा भन्दा चाँडो शतक बनाउने किर्तिमान बनाएका छन् । मात्र ५४ बलमा शतक बनाउँदै उनले सर विवियन रिचर्डले ३० वर्षअघि बनाएको किर्तिमान तोडेका हुन् । रिचर्डले ५६ बलमा शतक बनाएका थिए । त्यस्तै पाकिस्तानका मिसबाह उल हकले पनि ५६ बलमा नै शतक बनाएका थिए । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा शनिबार म्याकुलमले ७९ बलमा १ सय ४५ रनको शानदार पारी खले । यस क्रममा उनले २१ चौका र ६ छक्का पनि हिर्काए । उनले मात्र ३४ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । बाँकी ५० रन भने उनले मात्र २० बलमा पूरा गर्दै कुल ५४ बलमा शतक बनाए । शतक बनाउँदा उनले १६ चौका र ४ छक्का हिर्काएका थिए । समयको हिसाबले यो चौंथो चाँडो शतक हो । उनले शतक बनाउन ७८ मिनेट मैदानमा बिताए । सन् १९२१ मा अस्ट्रेलियाका जिएम ग्रेगरीले दक्षिण अफ्रिकाविरुद्ध मात्र ७० मिनेटमा शतक बनाएका थिए । म्याकुलम यस इनिङमा भाग्यमानी पनि रहे । उनले ३९ रनको स्थितिमा जीवनदान पाएका थिए । म्याकुलमलाई कोरे एन्डरसन र बिजे वाटलिङले राम्रो साथ दिए । दुवैले क्रमशः ७२ र ५८ रन बनाए । न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा सबै विकेट गुमाउँदै ३ सय ७० रन बनायो । पहिलो दिनको खेल समाप्त हुँदा अस्ट्रेलिया १ विकेटको क्षतिमा ५७ रनको स्थितिमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण