नेपाली काँग्रेस सल्यानको सभापतिमा चन्द निर्वाचित
सल्यान– नेपाली काँग्रेस सल्यानको सभापतिमा गणेश चन्द निर्वाचित भएका छन् ।शुक्रबार राती सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका चन्द १८ मतले विजयी भएका हुन् । संस्थापन पक्षबाट उम्मेदवार बनेका चन्दले २०७ मत ल्याई निर्वाचित भएका हुन भने देउवा पक्षका केश बहादुर विष्टले १ सय ८९ मत ल्याएका छन् । देउवा पक्षकै एक खेमाले संस्थापन पक्षलाई सहयोग गरेपनि चन्दले १८ मतको झिनो मतले जित हासिल गरेका छन् । देउवा पक्षबाट सभापतिका प्रत्यासी बनेका ऋषिकेश शाह, एकराज डिसीले अन्ततः चन्दलाई सहयोग गर्ने घोषणा गरेका थिए । माघ २५ गते सम्पन्न भएको पहिलो निर्वाचनमा ऋषिकेश जंग शाहले ९१ र एकराज डिसीले ७५ मत प्राप्त गरेका थिए । जिल्ला कार्यसमितिको सम्पन्न निर्वाचन अनुसार जिल्ला कार्यसमितिमा संस्थापन पक्षको बहुमत भएको छ । सचिवमा संस्थापन पक्षकै चक्र देवकोटा, कोषाध्यक्षमा जुद्ध बहादुर घर्ती निर्वाचित भइसकेका छन् भने २० सदस्यका लागि भएको निर्वाचनमा १५ सदस्य संस्थापन पक्षकै निर्वाचित भएका छन् । तर राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा भने देउवा पक्ष बलियो देखिएको छ । महाधिवशेन प्रतिनिधिमा १३ जना देउवा पक्षका निर्वाचित भएका छन् भन् ११ द संस्थापन पक्षका निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण