बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वीरगंजमा दाइजोबिनाको आदर्श विवाह

शनिबार, ०८ फागुन २०७२, १७ : १४
शनिबार, ०८ फागुन २०७२
वीरगंज – मधेशी समुदायका एक युवा जोडीले बिना दाइजो वीरगंजमा आदर्श विवाह गरेर समाजलाई एउटा साकारात्मक संदेश दिएका छन् । वीरगंजको होटल सम्झनामा आज बारा जिल्ला बुनियाद गा.वी.स.वडा नं १ बलुवा बेहरा निवासी शंकर महतोको छोरा राम प्रवेश मण्डल र सोही जिल्ला दोहरी गा.वि.स. वडा नं १ निवासी रुपनारायण महतोको छोरी रविता मण्डल विच आदर्श विवाह सम्पन्न भएको हो । तराई मधेशमा दान दहेजको प्रथा भए पनि युवा जोडीले त्यस्ता कु प्रथामाथी चोटिलो प्रहार गर्दै बिना भोज भतेर विना दान दहेज आदर्श विवाह गरेका हुन् । विवाह समारोहमा दुलहाका पिता शंकर महतो दुल्हीको पिता रुपनारायण महतोका साथै स्थानिय भद्र भलादमीहरुको उपस्थीती रहेको थियो । दुल्हा एरोटेक कम्पनिको प्रोडक्सन ईन्चार्ज हुन भने दुलही स्नातक पास गरेकी शिक्षीत युवती हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप