प्रधानमन्त्री ओली र भारतीय गृह तथा अर्थमन्त्रीबीच भेटवार्ता
शनिबार, ०८ फागुन २०७२, १८ : ०७
नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री राजनाथ सिंह तथा अर्थमन्त्री अरुण जेट्लीबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली बस्नुभएको भारतीय राष्ट्रपति कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको छ ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित, सहयोगका विभिन्न क्षेत्र र आपसी चासोका विषयमा छलफल भएको थियो ।
भेटवार्तामा उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण