बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महोत्तरीमा दुई सातामा तीन आत्महत्या

आइतबार, ०९ फागुन २०७२, १० : ०९
आइतबार, ०९ फागुन २०७२
जलेश्वर – महोत्तरीको गौशालामा एकजना युवकले आइतबार विहानै आत्महत्या गरेका छन् । गौशाला नगरपालिका ५ का ३५ बर्षीय मान बहादुर आलेले आफनै कोठामा गलवन्दीले झुण्डिएर आत्महत्या गरेका हुन् । विहान सबैजना सुतेको मौका छोपी आलेले पासो लगाएर आत्महत्या गरेको निजका वुवा एकबहादुर आले बताउँछन् । परिवारमा तीन भाई रहेकामा जेठो छोराले समेत गत वर्ष पासो लगाई आत्महत्या गरेका थिए । उनका अनुसार केहि महिना पहिले मलेसियावाट फर्केका आले गाउमै काम गर्ने गरेका थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टमका लागि जलेश्वर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक आलेको ३ वटा छोराछोरी रहेका छन् । विगत केही दिन देखि महोत्तरीमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो दुई सातामा मात्रै ३ जनाले आत्महत्या गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप