आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

वर्तमान सरकार अर्को निर्वाचन नभएसम्म रहन्छः उपप्रधानमन्त्री थापा

शनिबार, १५ फागुन २०७२, १८ : ०९
शनिबार, १५ फागुन २०७२

विराटनगर– उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकार अर्को संसदको निर्वाचन नभएसम्म रहने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भारत भ्रमण उपलब्धिमूलक रहेको जानकारी गराए । उपप्रधानमन्त्री थापाले भ्रमणको माध्यमबाट दुवै देशबीचको असमझदारी, तिक्तता र चिसोपन हटेको चर्चा गर्दै यसबाहेक थुप्रै विषयमा समझदारी भएको स्पष्ट पारे ।

संयुक्त विज्ञप्ति नआएको सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उनले भने,“भेटघाटको विषयलाई जनस्तरमा ल्याउन संयुक्त विज्ञप्ति र अर्को पत्रकार सम्मेलन रहेकामा पत्रकार सम्मेलनको माध्यमबाट समझदारीका विषय जनस्तरमा ल्याइएको हो ।”

उनले यसअघि भारतमै अमेरिकाका राष्ट्रपति र चीनियाँ राष्ट्रपतिको पनि पत्रकार सम्मेलनकै माध्यमबाट जानकारी गराइएकाले संयुक्त विज्ञप्ति नआउनेलाई अन्यथा नलिन आग्रह गरे ।

मधेसको समस्या समाधानका लागि गठित राजनीतिक समितिका संयोजकसमेत रहनु भएका उनले मधेसको समस्या समाधानका लागि मधेसी मोर्चासँग छलफल गरी कार्य अगाडि बढाइने बताए ।

उनले ं स्थानीय निकायको निर्वाचन गराउन सरकार तत्पर रहेको र यसका लागि दुईवटा ऐन संशोधनको प्रक्रियामा रहेको उल्लेख गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप