मधेसी मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ– आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी कार्यक्रमको रुपरेखा तय गर्न सचिवालय गठन गर्ने भएको छ । मोर्चाका शीर्ष नेतासहित बिहान बसेको बैठकले मोर्चाको स्थायी प्रकृतिको सचिवालय गठन गर्ने निर्णय गरेको हो ।
बैठकले मोर्चाको ११ बुँदे मागसहित राष्ट्रिय सरोकारका विषय समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको मोर्चाको एक घटक तराई–मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए ।
यद्यपि, ज्ञापन पत्रको एजेण्डा र बुझाउने मिति भने अर्को बैठकले तय गर्ने मोर्चाले जनाएको छ ।
नेता शुक्लका अनुसार मोर्चाको सचिवालयमा राजेन्द्र श्रेष्ठ, मनिष सुमन, वृषेश चन्द्रलाल, रामनरेश राय, केशव झा, कौशलेन्द्र मिश्र, परमेश साह रहेका छन् ।
प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण कूटनीतिक रुपमा असफल रहेको ठहर गर्दै मोर्चाले नाकाबन्दी हटेको तीन साता बितिसक्दा पनि कालोबजारी र उपभोग्य वस्तुको अभाव रहेकाले इन्धनलगायतका वस्तुको सहज आपूर्ति गर्न सरकार समक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण