छुरा प्रहारबाट एकको मृत्यु, दुई घाइते
शनिबार, १५ फागुन २०७२, १८ : १२
झापा– झापाको पृथ्वीनगरमा आज बिहान छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पृथ्वीनगर–६ निवासी १७ वर्षीय राजन मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै सोही ठाउँका १९ वर्षीय सञ्जय लिम्बू र १८ वर्षीय सञ्जय उराउ छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् ।
पृथ्वीनगर– ६ मा रहेको कृष्ण सुब्बाको चिया बगानको टहरामा सुतेका उनीहरुमाथि आफ्नै साथी सोही ठाउँका २० वर्षीय कालु भनिने सञ्जोग लिम्बूसहितले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले लिम्बूसहित चारजना युवाले उनीहरुमाथि सामान्य विवादमा छुरा प्रहार गरेर भागेकाले उनीहरुको खोजी कार्य भइरहेको बताए ।
छुरा प्रहारमा संलग्न सञ्जोग लिम्बूलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मगरलाई शरीरका विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको र बाँकी दुई जनालाई घाँटी र छातीमा छुरा प्रहार भएको बताइएको छ ।
घाइते दुबैको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण