आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बाबुरामले धोका दिएः प्रचण्ड

शनिबार, १५ फागुन २०७२, १८ : २२
शनिबार, १५ फागुन २०७२
गोरखा– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति अभियानमा लागेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेर मतदातालाई धोका दिएको बताएका छन् । गोरखा क्षेत्र नं १ का मतदातालाई एक पटक पनि नसोधी डा भट्टराईले पार्टी छाडेको बताउँदै उनले भने, “चुनाव जिताएर पठाएका जनतालाई नसोधी पार्टी उहाँले छाड्नुभयो, मतदातामाथि कुठाराघात भयो ।” पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममाः गोरखामा रहेका दाहालले आज आयोजित पत्रकार सम्मेलनमा माओवादी भएकै कारणले मात्रै भट्टराईले चुनाव जितेको दाबी गरे । पार्टी र कार्यकर्ता परिवर्तन र न्यायको पक्षमा रहेको बताउँदै अध्यक्ष दाहालले भने, “डा भट्टराईले पार्टी परित्याग गर्दैमा विचलित हुनुपर्ने अवस्था छैन ।” उनले नेपाली काँग्रेसको महाधिवेशनपछि संयुक्त सरकार गठन गर्न सकिने सङ्केत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप