एक क्वीन्टल गाँजासहित पक्राउ
उदयपुर–उदयपुर प्रहरीले घरमा लुकाईराखेको एक क्वीन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पहाडी गाविस बाँसबोटे–७ बाट स्थानीय खड्गबहादुर राईलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेकोे हो । राईले घरमा लुकाई राखेको सूचनाको आधारमा खानतलासी गर्दा गाँजा फेला पारी नियन्त्रणमा लिएको इप्रका कटारीका प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले बताए । डिएसपी बस्नेतका अनुसार गाँजा कारोबार गर्ने गरेको भन्ने विशेष सुराकीको आधारमा आप्mनै नेतृत्वमा गएको टोलीले खोजतलासी लिँदा घरमा गाँजा फेला परेपछि पक्राउ गरेर कारबाही अघि बढाइएको बस्नेतले बताए । प्रहरीले राईलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । प्रहरीले राईमाथि लागू औधष नियन्त्रण ऐन २०३३ अनुसार कार्वाही प्रक्रिया अघि बढाउने गरि अनुसन्धान थालेको जनाएको छ । गत मंसिर दोस्रो सातादेखि एक महिना लामो अभियान चलाएर प्रहरीले सबै अवैध गाँजा खेती नष्ट गरेको थियो । सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले जिल्लाका बासबोटे, बाराहा, इनामे, रुपाटार, ठानागाउँ, लेखगाउँ, ओख्ले र सिरीसेलगायत आधादर्जन बढी गाविसमा लगाइएको गाँजा फँडानी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण