आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

हुम्लामा पहिलो पटक ब्लड बैंक स्थापना

आइतबार, १६ फागुन २०७२, ०८ : ३५
आइतबार, १६ फागुन २०७२

सिमकोट–हुम्ला जिल्लामा पहिलो पटक रक्त संचार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको पहलमा र जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले गरेको विश्व स्वास्थय दिवसको अवसर पारी ब्लड बैंक स्थापना गरेको जिल्ला स्वास्थय कार्यालय डा. स्मृति महतले बताए ।

स्वास्थ्य सेवा दिवसको अवसर पारि जिल्ला अस्पतालमा ब्लड बैंकको सुरुवात गरिएको हो ।  ब्लड दिनुपर्ने विरामी भर्ना हुँदा लाखौँको खर्च गरि जिल्ला बाहिर रिफर गर्नुपर्ने समस्या अबदेखि समाधान हुने प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण बहादुर घिमिरेले बताए । शनिबार मात्रै नेपाली सेनाका ४० जना जवानको पहिलो पटक रगतको समूह पहिचान गराएको शिह शार्दुल गुल्म रानीवन व्यारेक सिमकोटका क्याप्पेटन अमर बहादुर थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप