आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

विश्व ह्विल चियर यात्रीलाई नारायणगढमा रोटरीको सहयोग

आइतबार, १६ फागुन २०७२, ०८ : ५५
आइतबार, १६ फागुन २०७२

नारायणगढ–विश्वमा शान्ति कायम होस् भनि गौतम बुद्धको भूमि नेपाललाई विश्व माझ चिनाउने अभियनमा लागेका विश्व ह्विल चियर यात्री तेज बहादुर कार्कीलाई रोटरी क्लब अफ नारायणी मिड टाउनले सहयोग प्रदान गरेको छ । शनिबार नारायणगढको लायन्सचोकमा एक अनौपचारिक कार्यक्रम गरी क्लबले ओखलढुंगाको प्राप्चा गाविस–४ का ५२ वर्षीय कार्कीलाई नगद १० हजार रुपैयाँसहित १० थान टिसर्ट उपलब्ध गराएर सहयोग गरेको हो । सोहि अवसरमा क्लबकी बोर्ड सदस्य एवम् महिला उद्यमी संघ चितवनकी अध्यक्ष कल्पना राज भण्डारीले व्यक्तिगत तर्फबाट कार्कीलाई नगद १० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका थिइन् । २०६१ साल जेठ ४ गते नेपाल पत्रकार महासंघ काठमाडौबाट यात्रा शुरु गरेका वल्र्ड पीस ह्विल चियर फुट जर्नीका अध्यक्ष रहेका ह्विल चियर यात्री कार्कीले अहिलेसम्म नेपालका ७५ जिल्ला सँगै भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिप्स, पाकिस्तान, अफगानिसतान र बर्माको भ्रमण गरिसकेका छन् । यात्राको क्रममा विभिन्न संघ संस्थाहरुको सहयोग प्राप्त भएको कार्कीले बताए । नेपाल सरकारबाट भने कुनै पनि आर्थिक सहयोग नमिलेकोमा उनले दुख व्यक्त गरे । यात्रा गर्दा अहिलेसम्म २ करोड ९० लाख रुपैयाँको हाराहारीमा रकम खर्च भईसकेको उनले बताए । विश्व साईकल यात्री पुस्कर शाहबाट आफु प्रेरित भई विश्व शान्तिको कामना गर्दै यात्रामा निस्किएको उनले बताए । आफ्नो यात्रा पुरा गर्न अझै १४ वर्ष लाग्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप