कोहलपुरमा प्रमोदको ह्याट्रिक
कोहलपुर महोत्सवमा शनिबार हंगामा चच्चिएको छ । आधुनिक गायक प्रमोद खरेलले हंगामा शीर्षकको गीत गाएसँगै महोत्सव परिसरमा हंगामा मच्चिएको हो । कोहलपुर महोत्सवको नवौं दिन कोहलपुर आएका खरेलले गीत गाएरै दर्शक उचालेका थिए । हंगामा शीर्षकको गितबाट सांगितिक कार्यक्रममको सुरुवात गरेका खरेलले गितमै ह्याट्रिक गरेका थिए । हजारौं दर्शकहरुको माग अनुसार खरेलले “ओई झुम्कावाली.......” गितमा ह्याट्रिक गरेका हुन् । उनले त्यसपछि लगातार ४ पटकसम्म झुम्कावाली गित गाएका थिए । करिब ३० हजार बढि दर्शकका माझ खरेलले १ घण्टा बढि प्रस्तुती दिएका थिए । महोत्सवमा शनिबार मोडल तथा डान्सर शंकर विसी र पार्वती राईले समेत उत्कृष्ट प्रस्तुती दिएका थिए । प्रमोदस“गै कोहलपुर आएका उनिहरुले दर्शकको माग बमोजिम आधा दर्जन बढि गितमा नृत्य गरेका थिए । महोत्सवमा आजसम्मकै सबैभन्दा बढि दर्शकको उपस्थिती रहेको थियो । कोहलपुर लगाएत बाह्य जिल्लाबाट समेत ठुलो स“ख्यामा दर्शकको ओईरो लागेको थियो । यसैबिच महोत्सवमा संचालन भएको विद्यालयस्तरीय सामुहिक न्यृत्य प्रतियोगितामा पञ्चमुखी विद्यालयले प्रथम स्थान हासिल गरेको छ । प्रथम हुन सफल पञ्चमुखीले १५ हजार नगदसहित प्रमाणपिपत्र हासिल गरेको थियो । त्यसैगरी ग्रिनपिस उच्च मा.वि. द्धितिय तथा नेपालगञ्जको सगरमाथा माध्यामिक विद्यालयल तृतिय हुन सफल भएका छन । द्धितिय तथा तृतिय विद्यालयले क्रमशः १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए । महोत्सवमा सहभागी एक दर्जन बढि विद्यालयमा उत्कृष्ट प्रस्तुती दिन सफल कोहलपुर माध्यामिक विद्यालयले सान्त्वना स्थान हासिल गरि ३ हजार नगद पाउन सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण