आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

‘आलिया पेन्टीमा साह्रै बच्चि देखिन्छिन्’ भन्दै जिस्क्याएपछि ब्वाईफ्रेन्ड सिद्धार्थ रुष्ट

आइतबार, १६ फागुन २०७२, ०९ : ०२
आइतबार, १६ फागुन २०७२

कमाल आर खानले आफ्नी प्रेमिका आलिया भट्टलाई ट्वीटरमा जिस्क्याएपछि सिद्धार्थ मल्होत्रा रुष्ट बनेका छन् । केही समयअघि आलिया र सिद्धार्थलाई एक फेशन म्यागेजिनले फोटोसूट गराएको थियो । यस म्यागेजिनको कभर फोटोमा ट्वीट गर्दै कमाल आर खानले लेखे–‘आलिया पेन्टीमा साह्रै बच्चि देखिन्छिन् ।

तर केही मानिसहरु अझै उनलाई पेन्टी लगाउन जर्बजस्ती गर्छन् ।’ यस ट्वीटरमा थुप्रै मानिसले आपत्ति जनाए । सिद्धार्थले पनि केआरकेलाई ट्वीटर गर्दै प्रतिउत्तरमा लेखे–‘सर तपाईलाई हामीले बसवास बन्द गर्नुस् भनेका छौ तर तपाई अझै ट्वीट गर्नुहुन्छ ।’

यसपछि केआरकेले फेरि सिद्धार्थलाई प्रतिउत्तर फर्काए–‘ सरजी तपाईलाई भारतका १ सय ३० करोड जनताले अभिनय छाड्नुस भन्दैछन् । तर दुखद कुरा त यो छ कि तपाई अझै उनीहरुलाई हैरान बनाउन फिल्म खेल्नुहुन्छ ।’ सिद्धार्थले केआरकेलाई सल्लाह दिदैँ लेखेका छन्–‘मलाई लाग्छ तपाईले अंग्रेजी सिक्न जरुरी छ किनकी मेरो पछिल्लो ट्वीट न तपाईले पढ्नुभयो न बुझ्नु नै भयो ।’

केआरकेले यस ट्वीटलाई मजाकमा उडाउँदै लेखेका छन्–‘ठीक छ म छिट्टै तिमीसँग सिक्न आउनेछु किनकी तिमीले दिल्लीको आइडिया इन्स्टीच्यूटबाट पढेका हौँ ।’ केआरके र सिद्धार्थ मल्होत्राले सन् २०१४ को सुपरहिट फिल्म एक भिलेनमा एकसाथ अभिनय गरेका थिए । यस चलचित्रमा सिद्धार्थ मूख्य भूमिकामा थिए भने रितेश देशमुखले भिलेनको भूमिका निभाएका थिए । चलचित्रमा केआरकेको छोटो भूमिका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप