आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आँखा शिविरमा चार सय ७१ ले सेवा लिए

आइतबार, १६ फागुन २०७२, ०९ : ३७
आइतबार, १६ फागुन २०७२

इलाम–इलामको दक्षिणी क्षेत्रका गाविसमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६२ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया तथा लेन्स प्रत्यारोपण गरिएको छ ।

सानिमा माइहाइड्रो प्रालिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको सहयोगमा चिसापानी र दानाबारी गाविसमा शनिबार ४७१ जनाले सेवा लिएको उपशाखाका सचिव मित्रप्रसाद गौतमले जानकारी दिए ।

शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरलाई विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोग, शिक्षण अस्पताल काठमाडौँबाट डा प्रतावजङ्ग कार्कीको नेतृत्वमा आएको नौ सदस्यीय चिकित्सक टोलीले शल्यक्रिया तथा लेन्स प्रत्यारोपण गरेको हो । प्रभावित क्षेत्रमा सानिमा हाइड्रोपावरले स्वास्थ्य शिविर, आँखा शिविरलगायतका सामाजिक कार्य गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप