मोर्चाको आन्दोलनलाई मधेसकै जनताले साथ दिँदैनन् : उपप्रम रावल
पोखरा– नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री र रक्षामन्त्री भीम रावलले मधेसी मोर्चाले गर्ने अबका कुनै पनि नाकाबन्दी र आन्दोलनलाई मधेसकै जनताले साथ नदिने बताएका छन् ।
नेकपा (एमाले) कास्कीले शनिबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ संविधानले कसैप्रति विभेद नगरेकाले मोर्चाले गर्ने जुनसुकै आन्दोलनको विरोध मधेसी जनताबाटै सुरु हुने दाबी गरे ।
अनेकन बखेडा झिकेर आन्दोलनका नाममा नेपाली जनताको जनजीवन अस्तव्यस्त पार्ने र देशमा असहज अवस्था सिर्जना गर्ने जोकोही समूहले गर्ने आन्दोलन र हडताललाई कडाईका साथ कारबाही गरिने जानकारी दिँदै उनले सीमा नाकापारीबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुडा गर्नेलाई देशद्रोहीको संज्ञा दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि गर्ने चीन भ्रमणका क्रममा नेपालका उत्तरतिरका सबै नाका खोलिने, एक तिहाई इन्धनको आपूर्ति र पारवहन सुविधाका बारेमा समेत सम्झौता हुने जानकारी गराउँदै उनले त्यस भ्रमणमा दुई देशबीचका अन्य आर्थिक एजेण्डामा समझदारी हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
-
अन्तिम उपभोक्तालाई बिजुली भाउ बढ्न नदिने अर्थमन्त्री वाग्लेको घोषणा अलपत्र
-
लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण