झुठा विवरण दिई नागरिकता बनाउने पक्राउ
आइतबार, १६ फागुन २०७२, ११ : ३३
बनेपा– आफ्नो सहोदर दाजुको नाममा झुठा विवरण दिएर नेपाली नागरिकता लिएको अभियोगमा काभ्रेपलाञ्चोकको भीमफोरी गाविसका झलकबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई नागरिकता सच्याउन जिल्ला प्रशासन कार्यालय धुलिखेल आएको बेला बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले आज बताए ।
आफ्नै दाइ समिर विश्वकर्माको नाम, जन्ममिति राखेर नागरिकता लिएको देखिन्छ उहाँले भन्नुभयो । उनी मलेसिया गएर आएका हुन् । उमेर नपुगेका कारण त्यस्तो नागरिकता बनाएको हुनसक्छ प्रहरीले आशङ्का व्यक्त गरेको छ ।
विसं २०५१ मा जन्मेको जन्मदर्ता भएको झलकबहादुरले आफ्नो दाजुको २०४७ सालको जन्ममितिमा नागरिकता लिएको प्रनाउ केसीले बताए । उनलाई नागरिकता ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण