लिचेस्टरलाई ५ अंकको अग्रता
लण्डन – लियोनाडो उलोआले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गर्दै लिचेस्टरलाई प्रिमियर लिगमा ५ अंको अग्रता दिएका छन् । शनिबार राती सम्पन्न खेलमा लिचेस्टरले नर्विचलाई १–० गोल अन्तरले पराजित गर्यो । अतिरिक्त खेलाडीको रुपमा उलोआले मार्क अल्ब्राइटनको क्रसमा गोल गरे । अर्जेन्टिनियन खेलाडीले गोल गर्न अघि लिचेस्टरले शीर्ष स्थान गुमाउने खतरा थियो । आइतबार आसर्नल वा टोटनहमले जीतेको खण्डमा उसले लिचेस्टरलाई शीर्ष स्थानबाट पछार्ने सम्भावना थियो । यद्यपि, जीतसँगै ११ खेल बाँकी रहँदा लिचेस्टर शीर्ष स्थानमा रहने भएको छ । उता, एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले साउथह्याम्पटनमाथि २–१ को जीत निकालेको छ । जीतसँगै चेल्सी लिगको ११ औं स्थानमा उक्लेको छ । सेन लङले साउथह्याम्पटनलाई पहिलो हाफमा अग्रता दिलाए पनि १४ मिनेटको अन्तरालमा चेल्सीले दुई गोल गर्दै जीत हासिल गर्यो । चेल्सीको जितमा सिसेक फाब्रिगास र ब्रानिस्लाभ इभानोविचले एक–एक गोल गरे । सन् २०१५ को मेदेखि चेल्सीले प्रिमियर लिगमा लगातार दुई खेल जीतेको पहिलो अवसर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण