प्रतिबन्धको बेवास्ता गर्दै उत्तर कोरियाद्वारा अर्को शक्तिशाली हतियारको परिक्षण
प्योङयाङ – उत्तर कोरियामाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने तयारी भइरहँदा प्योङयाङले भने त्यसलाई वेवास्ता गर्दै नयाँ एन्टी ट्यांक रकेटको परिक्षाण गरेको छ । उत्तर कोरियाले आफ्नो नयाँ एन्टी ट्यांक मिसाइलले विश्वकै शक्तिशाली ट्यांकलाई पनि ‘उसिनेको फर्सी’ बनाउन सक्ने दाबी गरेको छ । प्योङयाङको सरकारी मिडियाले नेता किम जोङ उनले उक्त परिक्षणको अवलोकन गरेको तस्विर सार्वजनिक गरेको छ । मिडिया रिपोर्टका अनुसार उक्त रकेट लेजर नियन्त्रित रहेको, धेरै लामो दुरी हान्न सक्ने र स्नाइपर राइफल जस्तै सटिक भएको छ । केसीएनए न्युज एजेन्सीका अनुसार नयाँ हतियारबाट किम निकै खुसी रहेको र यसले उत्तर कोरियाको सैन्य बललाई थप शक्तिशाली बनाउन मद्दत गर्ने बताएको छ । किमले यस हतियारको उत्पादन चाँडै शुरु गर्न निर्देशन समेत दिएको बताइएको छ । उत्पादनपछि हतियारबाट सैन्यबललाई सुसज्जित गरिनेछ । उत्तर कोरियासँग लगभग १२ लाख सैन्य बल रहेको छ जुन दक्षिण कोरियाकोभन्दा दोब्बर हो । यता, चीनको समेत समर्थन रहेको उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव शक्ति राष्ट्रहरुले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा प्रस्तुत गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण