आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

आइतबार, १६ फागुन २०७२, १२ : २४
आइतबार, १६ फागुन २०७२

पोखरा–बाबा फाउण्डेशन नेपाल र कान्तिपुर डेन्टल हस्पिटल न्युरोडको संयुक्त आयोजनामा पोखरामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । फाउण्डेशनद्धारा बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई गत बिहिवार फाउण्डेशन परिसरमा दन्तरोग परिक्षण सेवा सम्बन्धि निशुल्क शिविर गरेको फाउण्डेशनका डाईरेक्टर अमृता पौडेलले जानकारी दिइन् । एक दिने निःशुल्क दन्त शिविरमा ५७ जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए । ति मध्ये २० छात्रा २५ छात्र र १२ बिभिन्न स्कुलबाट सहभागिता जनाएका शिक्षकहरु रहेका थिए । परिक्षण गराएका मध्ये ३ जनाको स्केलिङ, २५ जनाको दाँत भर्न पर्ने, ३ जनाको आर. सि. टी, ९ जनाको दाँत झिक्नु पर्ने बाँकीको दन्त स्वास्थ्यको अवस्था राम्रो रहेको दन्त प्राबिधिक डा. सिता कुमारी दासले बताइन् । शिविरमा दन्त प्राबिधिक सिता श्रेष्ठ र डा. सिता कुमारी दासको प्राबिधिक टोली रहेको थियो । परीक्षण गरिएका बिद्यार्थीलाई हाईजिङ किट ब्याग वितरण गरिएको थियो । दन्त शिविरमा परीक्षण गराएका बिरामीलाई अस्पतालमा जाँदा ३५ प्रतिशतसम्म छुट दिने घोषणा कान्तिपुर डेन्टल हस्पिटलका प्रशासकिय अधिकृत सिता श्रेष्ठले घोषणा गरेकी थिइन् । दन्त शिविर कार्यक्रम समापनको अवसरमा बाबा फाउण्डेशन नेपाल र कान्तिपुर डेन्टल हस्पिटल न्युरोडका बिच अन्र्तकृया कार्यक्रम समेत सम्पन्न भएको थियो । फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका डाईरेक्टर अमृता पौडेलले सहजीकरण गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप